चितवन, असोज ९ :

चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोलामा गएको भीषण पहिरो धमाधम पन्छाउने काम भइरहेको छ । 

इच्छाकामना गाउँपालिका–५, स्थित तुइनखोलामा पटकपटक गएको पहिरो पन्छाउँदै बाटो खुलाउने काम हुँदै आएकोमा अस्ति साँझ गएको ठूलो पहिरोका कारण अवरुद्ध सडक खुलाउन मुस्किल भइरहेको छ । दुवै तर्फबाट डोजरको सहायताले पहिरो पन्छाउने काम तीव्रताका साथ भइरहेको छ ।

ठूलो पानी परेन र कुनै बाधा भएन भने आज साँझसम्म एकतर्फी रुपमा सडक सञ्चालनमा आउने अपेक्षा गरिएको छ । सोही स्थानमा केही दिनयता निरन्तर पहिरो खसिरहेको छ । दसैँमा बेच्न भनेर कन्टेरमा ल्याइएका सामानहरु पनि बाटोमै थन्किएका छन् भने दसैँ मनाउन आफ्नो थातथलो फर्केकाहरुका अवस्था पनि बिजोक छ ।