शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र सेयर बजार

नेप्से ५८.३६ अंकले बढ्यो, ५ अर्ब बढीको कारोबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ७ असोज, २०८२ मा प्रकाशित
नेप्से ५८.३६ अंकले बढ्यो, ५ अर्ब बढीको कारोबार
काठमाडौं, असोज ७ :

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.३६ अंकले बढेको छ । आइतबार १११.७० अंकले बढेको नेप्से मंगलबार पनि दोहोरो अंकले बढेर २६८२.२५ अंकमा पुगेको हो ।बजार खुलेदेखि दिनभर हरियो रह्यो।

मंगलबार ५ अर्ब २९ करोड २७ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा २३८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

आज ८ कम्पनीको मूल्य १० प्रतिशतसम्म बढेको छ। प्रमुख बढेका कम्पनीमा सप्तकोशी विकास बैंक, जोशी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भूगोल इनर्जी, एसियन हाइड्रोपावर, हिमस्टार ऊर्जा रहेका छन्। कालिका पावरको ९.८४% र सयपत्री हाइड्रोपावरको ९.८३% मूल्य बढेको छ।

धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, युनिभर्सल पावर, हिमालयन डिस्टिलरी,  हिमालयन रिइन्स्योरेन्स र शिवम् सिमेन्ट रहेका छन्।


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार