
काठमाडौं, असोज ६ :
अन्तरिम सरकारी नवनियुक्त मन्त्रीहरूको शपथ ३ बजे हुने भएको छ । दिउँसो २ बजेका लागि तय भएको शपथ कार्यक्रम एक घण्टापछि सारिएको हो ।
अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका ५ मन्त्रीको शपथ यसअघि २ बजेलाई तय गरिएको थियो।
कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदिश खरेल, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रालाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन् ।
भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीको मन्त्रिमण्डलमा अहिले तीन जना मात्र मन्त्रीहरू छन् ।