शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

भक्तपुरको इन्द्रदहमा मेला भर्नेको भीड

· बुधबार, ३ असोज, २०८१ मा प्रकाशित
भक्तपुर, असोज ३ :

इन्द्रजात्राका अवसरमा आज बिहानैदेखि भक्तपुरको इन्द्रदहमा मेला भर्नेको भीड लागेको छ । 

भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी देवगृहबाट बाजागाजासहित देवताको मूर्ति खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराइ मङ्गलबार साँझ इन्द्रदह पुर्‍याइएको थियो । 

उक्त खटलाई दह किनारमा रातभरि राखेर दीपावली गरी आज बिहानैदेखि इन्द्रदहमा स्नान एवं पूजा गर्नेको भीड लागेको हो ।

आज दिनभर मेला लाग्ने छ भने साँझ उक्त खट देवगृहमा पुर्‍याएपछि जात्रा सम्पन्न हुने संस्कृतिका जानकार प्रा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो।

नेपाल संवत् २१८ मा शक्तिशाली युवराजका रूपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण पोखरीको नाम इन्द्रदह रहन गएको उहाँले बताउनुभयो ।

स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्रदह रहेको धार्मिक विश्वास छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार