
नवनियुक्त ऊर्जा, भौतिक योजना तथा सहरी विकासमन्त्री कुलमान घिसिङ शपथग्रहणलगत्तै शिक्षण अस्पताल (टिचिङ) पुगेर जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवारलाई भेटेका छन्।
उनले अस्पतालमा मृतकका परिवारसँग भेट गर्दै दुखद घटनाप्रति गहिरो दुःख व्यक्त गरे । साथै उनले सरकार पीडित पक्षको साथमा रहेको र न्यायका लागि प्रतिबद्ध रहेको आश्वासन दिएका थिए।
सोमबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै मन्त्री घिसिङ शिक्षण अस्पताल पुगेका हुन्। मन्त्रीहरूले शपथपछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्ने चलन छ। तर, घिसिङले औपचारिकता भन्दा अघि पीडित परिवारलाई प्राथमिकता दिएका हुन्।
जेनजी आन्दोलन' का क्रममा प्रहरीले चलाएको गोलीबाट केही युवाहरूको ज्यान गएको थियो। घाइतेहरू हाल त्रिविलगायत विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।