शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

चाडपर्व नजिकिएसंगै उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउदै नेपाल एयरलाइन्स

· मंगलबार, २ असोज, २०८१ मा प्रकाशित
चाडपर्व नजिकिएसंगै उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउदै नेपाल एयरलाइन्स
काठमाण्डौं, असोज २ :

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले नजिकिएको बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर आफ्ना विमानको नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने भएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उडानलाई प्रभावकारी बनाएर यात्रुलाई सहज सेवा दिने उद्देश्यले २४ घण्टाभित्र ६० दिने कार्ययोजना पेस गरी तदारुकताका साथ काम गर्न विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ ।

निगमका नायब महाप्रबन्धक (प्राविधिक), इञ्जिनियरिङ मेन्टेनेन्स विभाग, कन्टिन्युइङ एयरवर्दिनेस विभाग, क्वालिटी एस्योरेन्स विभाग र बजार व्यवस्थापन विभागका विभागीय प्रमुखलाई विमान नियमित उडानको कार्ययोजना ल्याउन निर्देशन दिइएको हो ।

यसैगरी अत्यावश्यक र अत्यन्त जरुरी बाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा कोही नजान र मातहतका कर्मचारीलाई नपठाउन निर्देशन दिइएको छ । 
उक्त अवधिमा निगमका सबै विभागका इञ्चार्ज र प्रबन्धकदेखि माथिका जिम्मेवार कर्मचारीलाई कार्यालयको काममा बाध पर्ने गरी बिदा नलिन निर्देशन दिइएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार