काठमाडौं, भदौ २७ :

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् । पूर्वप्रधानन्यायाधीश कार्की देशको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा शुक्रबार राति आयोजित एक समारोहकाबीच उनलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपतिले संविधानको धारा–६१ अनुसार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । त्यसअघि राष्ट्रपति र जेनजीका प्रतिनिधिबीच सहमति भएको थियो । उनलाई ६ महिनाभित्र चुनाव गराइसक्नु पर्ने जिम्मेवारी छ ।

शपथ ग्रहण समारोहमा  उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, संवैधानिक निकायका प्रमुखहरु , सरकारी उच्च पदस्थ कर्मचारी,नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख , जेनजीका प्रतिनिधिहरू तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू उपस्थित थिए ।