बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

काठमाण्डौंका वाग्मती नदी,हनुमन्ते खोला, गोदावरी खोला, मनोहरा खोलामा बाढी

· बुधबार, १७ साउन, २०८१ मा प्रकाशित
काठमाण्डौंका वाग्मती नदी,हनुमन्ते खोला, गोदावरी खोला, मनोहरा खोलामा बाढी

काठमाण्डौं,साउन १६ : काठमाडौं उपत्यकाका तीन जिल्लामा विभिन्न नदी तथा खोलाहरूमा बाढी आएको छ। गएराति देखिको अविरल वर्षाका कारण बागमती नदी, हनुमन्ते खोला, गोदावरी खोला, मनोहरा खोलामा बाढी आएको आएको हो। वाग्मती नदीको पानी सतह बन्दा माथि पुग्दा कोरिडोरका सडकहरु जलमग्न भएका छन् । 

पछिल्लो १२ घन्टामा उपत्यकाका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौंको धाप ड्याममा १०७.८ मिलिमिटर, बूढानीलकण्ठमा ९० मिलिमिटर, कपनमा ७४ मिलिमिटर, सुन्दरीजलमा ६०.६ मिलिमिटर, बबरमहलमा ६२.२ मिलिमिटर, नैकापमा ६१.४ मिलिमिटर, कीर्तिपुरमा ६५ मिलिमिटर, टीकाथलीमा ६७.४ मिलिमिटर, खुमलटारमा ५९.४ मिलिमिटर वर्षा मापन भएको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार