शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार शिक्षा

त्रिविको स्नातक तहको परीक्षा स्थगित, असोज २, ४ र ५ मा सर्‍यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ भदौ, २०८२ मा प्रकाशित
त्रिविको स्नातक तहको परीक्षा स्थगित, असोज २, ४ र ५ मा सर्‍यो
काठमाडौं, भदौ २३ :

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यही भदौ २४, २५ र २६ गतेका लागि तय गरिएको स्नातक तह दोस्रो वर्ष (चार वर्षीय, आंशिक तथा मौका) को परीक्षा स्थगित गरेको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार बिहान ७ देखि १० बजे र दिउँसो १२ देखि ३ बजेसम्म सञ्चालन हुने सबै परीक्षा स्थगित गरिएका हुन्।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले देशमा उत्पन्न आकस्मिक र असहज परिस्थितिका कारण परीक्षा स्थगन गर्ने निर्णय गरेको हो। स्थगित परीक्षा आगामी असोज २, ४ र ५ गते सोही समय र तोकिएको परीक्षा केन्द्रमै सञ्चालन हुने त्रिविले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार