शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

एमालेको दोस्रो विधान महाधिवेशन सम्पन्न, ओलीलाई फेरि अध्यक्ष बन्ने वैधानिक बाटो खुला

भण्डारीको सदस्यता नविकरणबारे कुनै निर्णय भएन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २२ भदौ, २०८२ मा प्रकाशित
एमालेको दोस्रो विधान महाधिवेशन सम्पन्न, ओलीलाई फेरि अध्यक्ष बन्ने वैधानिक बाटो खुला
काठमाडौं, भदौ २२ :

नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आज सम्पन्न भएको छ। महाधिवेशनबाट पार्टी नेतृत्वमा रहेको ७० वर्षको उमेर हद र अध्यक्षमा दुई कार्यकालको सीमा हटाइएको छ। यससँगै ओलीलाई फेरि अध्यक्ष बन्ने वैधानिक बाटो खुलेको छ।

प्रतिवेदन पारित गर्नुअघि समूहगत छलफलमा उठेका प्रश्नहरूको जवाफ अध्यक्ष केपी ओलीले झन्डै दुई घण्टा लामो सम्बोधनमार्फत दिएका थिए। आइतबार आयोजित अन्तिम सत्रमा प्रतिवेदन प्रस्तुतकर्ताहरूले समूहगत सुझावको जवाफ दिएपछि प्रतिवेदनहरू पारित गरिएको हो।

महाधिवेशनले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनसहित सबै प्रतिवेदन पारित गरेको हो।

महाधिवेशनमा विद्यादेवी भण्डारीको सदस्यता नविकरणबारे भने कुनै निर्णय गरिएको छैन ।

महाधिवेशनमा देशभरका सातवटै प्रदेशबाट समूहगत छलफल भएका थिए, जसमा अधिकांश नेताहरूले ओली नेतृत्वको समर्थन गरेका थिए। समापनसँगै एमालेको दोस्रो विधान महाधिवेशन सम्पन्न भएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार