शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश बागमती प्रदेश

न्हु: पोखरी नजिक बनाइएका अवैध संरचना ललितपुर महानगरले भत्कायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २२ भदौ, २०८२ मा प्रकाशित
न्हु: पोखरी नजिक बनाइएका अवैध संरचना ललितपुर महानगरले भत्कायो
ललितपुर, भदौ २२ :

ललितपुर महानगरपालिकाले जावलाखेलस्थित न्हु: पोखरीको उत्तरतर्फ डिलमा बनेका संरचना भत्काएको छ । महानगरपालिकाले आइतबार ती संरचना अवैध भएको जनाउँदै डोजर लगाएर भत्काएको हो ।

महानगरले दिएको अवधिमा संरचना हटाउन अटेर गरेपछि महानगर आफैंले संरचना भत्काएको हो । संरचना भत्काउन उल्लेख्य संख्यामा नगर प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।

 महानगरले यसअघि नै  ३५ दिने सूचना जारी गरी सो क्षेत्रमा रहेका अनाधिकृत संरचना हटाउन आग्रह गरेको थियो । वडा नम्बर ५ जावलाखेलमा रहेको ऐतिहासिक न्हु: पोखरीलाई महानगरपालिकाले पुन:निर्माण गर्ने तयारी गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार