शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा फेरि तालाबन्दी

· सोमबार, १ असोज, २०८१ मा प्रकाशित
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा फेरि तालाबन्दी
काठमाण्डौं, असोज १ :

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा फेरि तालाबन्दी भएको छ  ।

महासंघले निर्वाचन कार्यतालिका अनुसार अस्ति २९ गते साँझ प्रकाशित गरेको नामावलीमा गैर पत्रकारहरुको नाम समावेश गरिएको भन्दै नेपाल प्रेस युनियन जुम्ला शाखाका अध्यक्ष प्रकाश उपाध्यायले हिजो ताला लगाएका हुन् ।

क्रियाशिल पत्रकारहरुको सदस्यता कायम गरी महासंघको निर्वाचनलाई मर्यादित बनाउन माग गर्दै उनले ताला लगाएका हुन् । सदस्यता वितरण एकलौटी ढंगले वितरण गरेको भन्दै गैर पत्रकारको सदस्यता खारेजीको समेत माग गरेका छन् ।

महासंघकै ५२ जिल्लाका शाखा अध्यक्षहरुले पनि आज संयुक्त विज्ञप्ति जारी गर्दै एक्यवद्धता जनाएका छन् । महासंघको विधानअनुसार सदस्यता वितरण र नवीकरण शाखाको सिफारिस अनुसार प्रदेशले अनुमोदन गरी केन्द्रले अभिलेखिकरण गर्नुपर्ने माग शाखा अध्यक्षहरुको रहेको छ ।

यस अघि पनि सदस्यता विवादका कारण महासंघमा ताला लगाईएकोमा सहमति पछि ताला खोलिएको थियो ।

महासंघका अध्यक्ष विपुल पोख्रेलले अध्यक्ष पदबाट राजिनामा दिईसकेका छन् ।

अहिले महासंघको कार्यवाहक अध्यक्षको रुपमा वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जम्मेवारी सम्हालेका छन् ।

केन्द्रीय निर्वाचन समितिले असोज १२ गतेका लागि महासङ्घको निर्वाचनको मिति तोकिसकेको छ र कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार