काठमाण्डौँ , असोज १ :

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले आज सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाउने भएको छ ।

नेकपा एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको समितिले सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिस सहितको प्रतिवेदन तयार गरेको छ ।

उक्त प्रतिवेदन आज सदस्यहरूले हस्ताक्षर गरेर संसद्‍मा सभामुखलाई बुझाउने भएको हो।