बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति प्रदेश कोसी प्रदेश

वार्तामा प्रचण्डको जोड- लिपुलेकलगायत सीमा समस्या संवादबाटै समाधान गर्नुपर्छ

छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर हुन सीमा समस्या समाधान अपरिहार्य
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १२ भदौ, २०८२ मा प्रकाशित
वार्तामा प्रचण्डको जोड- लिपुलेकलगायत सीमा समस्या संवादबाटै समाधान गर्नुपर्छ
मोरङ, भदौ १२ :

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले भारतसँगका कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका सीमा समस्या आपसी संवाद र सहमतिबाट समाधान गर्नुपर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले छिमेकी मित्रराष्ट्र भारतसँग संवाद प्रक्रिया थालेर सीमा समस्या समाधान गर्न वर्तमान सरकारलाई सुझाव दिएका हुन्।

उनका अनुसार प्रधानमन्त्रीका रूपमा पछिल्लो भारत भ्रमणको क्रममा आयोजित पत्रकार सम्मेलन (प्रेस ब्रिफिङ) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाँकी रहेका सीमासम्बन्धी समस्या संवादबाटै हल गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।

दाहालले आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणका क्रममा पनि छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर हुन सीमा समस्या समाधान अपरिहार्य रहेको स्पष्ट रूपमा उठाएको बताएका छन्।

उनले विगतमा पनि सीमा विवाद समाधानका लागि भारतीय प्रधानमन्त्री मोदीबाट प्रतिबद्धता व्यक्त भएको स्मरण गराए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार