शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

कर्मचारी सञ्चय कोषले ६३ औँ वार्षिकोत्सव मनाउँदै

· सोमबार, १ असोज, २०८१ मा प्रकाशित
कर्मचारी सञ्चय कोषले ६३ औँ वार्षिकोत्सव मनाउँदै
काठमाण्डौँ , असोज १ :

कर्मचारी सञ्चय कोषले आफ्नो ६३ औँ वार्षिकोत्सवका अवसरमा आज प्रभातफेरी आयोजना गरेको छ ।

वार्षिकोत्सवका अवसरमा कोषले कविता प्रतियोगिता, रक्तदान, खेलकुद प्रतियोगितासमेत सञ्चालन गरेको कोषले जनाएको छ ।

कोषको प्रधान कार्यालय पुल्चोकबाट सुरु भएको प्रभातफेरी कुपण्डोल, थापाथली, माइतीघर हूँदै पुनः कोषको मुख्यालयमा पुगेर समापन भएको थियो ।

कोषका प्रशासक जितेन्द्र धितालले वार्षिकोत्सवका अवसरमा कोषका कर्मचारी तथा कोषमा आबद्ध रहेका व्यक्ति तथा सङ्घसंस्थालाई धन्यवाद दिनुभयो।
 
कोषमा हाल करिब पाँच लाख ७५ हजार सञ्चयकर्ता रहेका छन् भने निवृत्तभरण कोषमा ८० हजार चार सय व्यक्ति आबद्ध छन् । 

यस्तै सञ्चय कोषमा ३३ हजार छ सय योगदानकर्ता कार्यालय तथा निवृत्तभरण कोषका लागि तीन हजार आठ सय कार्यालय जोडिएका छन् ।

सञ्चयकोषले पाँच खर्ब २९ अर्ब ६९ करोड सहित करिब छ अर्ब वित्तीय स्रोत परिचालन गरिरहेको जनाएको छ । 

कोषले पछिल्लो समय सञ्चयकर्ता स्वास्थ्योपचार योजना, सुत्केरी तथा शिशु स्याहार योजना, दुर्घटना क्षतिपूर्ति योजना तथा काजकिरिया अनुदान योजना समेतका सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउँदै आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार