शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

गौतम बुद्ध र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालनसम्बन्धी छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १० भदौ, २०८२ मा प्रकाशित
गौतम बुद्ध र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालनसम्बन्धी छलफल
काठमाडौं, भदौ १० :

भैरहवा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नेसम्बन्धी छलफल भएको छ ।

अर्थ मन्त्रालयमा भएको छलफलमा दुवै विमानस्थलमा दिगो रुपमा अन्तर्राष्ट्रिय उडान गर्नेसम्बन्धी कार्ययोजनामा छलफल भएको हो ।

त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भारवहनलाई व्यवस्थापन, गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडानका लागि सम्भावित थप उपाय पहिचान गरी अघि बढ्नेबारे पनि छलफल भएको हो ।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, मुख्य सचिव एकनारायण अर्याल, सचिवहरु तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार