शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

राष्ट्रियसभा अन्तर्गतका दुई वटा समितिको सभापतिमा तीनजनाको उम्मेदवारी

· आइतबार, ३१ भदौ, २०८१ मा प्रकाशित
राष्ट्रियसभा अन्तर्गतका दुई वटा समितिको सभापतिमा तीनजनाको उम्मेदवारी
काठमाण्डौं, भदौ ३१ :

राष्ट्रियसभाअन्तर्गतका दुई समितिको सभापति पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ ।

विधायन व्यवस्थापन समितिको सभापति पदमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सांसद डा बेदुराम भुसालको प्रस्तावमा सांसद जयन्तीदेवी राईको उम्मेदवारी परेको छ । राईको समर्थकमा सांसद सुरेशकुमार आलेमगर हुनुहुन्छ ।

विधायन व्यवस्थापन समितिकै सभापति पदमा सांसद तुलसाकुमारी दाहालको पनि उम्मेदवारी दर्ता भएको छ । दाहालको समर्थक र प्रस्तावकमा क्रमशः सांसद आनन्दप्रसाद ढुङ्गाना र सांसद भगवती न्यौपाने हुनुहुन्छ ।समितिको सभापतिमा यसअघि पनि राई नै हुनुहुन्थ्यो ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्माको मात्र उम्मेदवारी दर्ता भएको सचिव डा सुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

शर्माको प्रस्तावकमा सांसद मदनकुमारी शाह (गरिमां) र समर्थकमा सांसद नरबहादुर विष्ट रहनुभएको छ । उहर्मा यसअघि पनि समितिको सभापति हुनुहुथ्यो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार