नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान संशोधन गर्दा समावेशी सहभागितालाई नहटाइने प्रष्ट पार्नुभएको छ ।
संविधान संशोधन गरेर समावेशी सहभागिता हटाइन्छ भन्ने माओवादी केन्द्रको आरोपलाई खण्डन गर्दै समावेशी सहभागिता सुनिश्चित हुने गरी संविधान संशोधन गरिने महामन्त्री शर्माको भनाइ थियो ।
नेपाली काँग्रेस बागमती प्रदेशस्तरीय कार्यक्रममा महामन्त्री शर्माले विपी कोइराला प्रधानमन्त्री हुँदा समावेशीताको जग हालेको नेपाली काँग्रेसले समाबेशीतालाई अंगिकार गर्ने बताउनुभयो ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले नेपाली काँग्रेस सिद्धान्त र विचारमा अडिने पार्टी भएको उल्लेख गर्नुभयो ।
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले जनताको घर दैलोमा पुगेर जनताको सेवा गर्दै समस्या समाधानका लागि काम गर्नुपर्ने सभापति बानियाँको भनाइ थियो ।
स्थानीय तहको निर्वाचन सकिएको करिब दुई बर्षपछि नेपाली काँग्रेसले निर्वाचन समीक्षा सुरु गरेको हो ।
स्थानीय तह समन्वय विभागको आयोजनामा बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुर जिल्लाबाट २०७९ सालको स्थानीय तह निर्वाचनको समीक्षासहित काँग्रेसले अन्तरसंवाद कार्यक्रम सुरु गरिएको हो ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख नेपाली काँग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र उम्मेदवार समेतको सहभागितामा अन्तरसंवाद कार्यक्रम गरिएको हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’