बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति प्रदेश लुम्बिनी प्रदेश

संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यको दाबी

· आइतबार, ३१ भदौ, २०८१ मा प्रकाशित
संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यको दाबी
लुम्बिनी, भदौ ३१ :

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पुर्‍याउने गरी संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा सम्पन्न संविधान तथा राष्ट्रिय दिवस मूल समारोह समितिको आज बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले संविधान दिवसलाई नागरिक स्तरबाट भव्य रुपमा मनाउन आह्वान समेत गर्नुभयो । 

प्रदेश सरकारले संविधान दिवस २०८१ लाई भव्य रुपमा मनाउन आगामी असोज २, ३ र ४ गते प्रदेशभित्र विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । 

असोज २ गते प्रदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने, स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण जाँच कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । 

‘संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धि र चुनौती’ विषयमा विज्ञसँग छलफल कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरसँग समन्वय गरिने जनाइएको छ । 

असोज ३ गते संविधान दिवसको मुल समारोह आयोजना गरिने छ । विभिन्न सांस्कृतिक झाँकी सहित बिहान प्रभातफेरीको आयोजना गरिने तयारी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार