शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

उपसभामुख हटाउने तयारीबाट यसकारण पछि हटे कांग्रेस-एमाले

उपसभामुख भदौ १३ गते मात्रै अमेरिकाबाट फर्किने कार्यक्रम रहेकाले प्रक्रिया अगाडि बढाउन नमिलेर रोकेका हुन्।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३ भदौ, २०८२ मा प्रकाशित
उपसभामुख हटाउने तयारीबाट यसकारण पछि हटे कांग्रेस-एमाले
काठमाडौं, भदौ ३ :

उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारीलाई अन्तिम चरणमा पुर्‍याएका कांग्रेस-एमालेले प्रस्ताव दर्ता गर्ने कार्य भने रोकेका छन्। आज दिउँसो १ बजे प्रस्ताव दर्ता गर्ने तयारी भए पनि उनी हाल अमेरिकामा रहेकाले प्रक्रिया अघि बढाउन समय अभाव हुने देखेकाले रोकेका हुन् ।

संविधान अनुसार प्रस्ताव दर्तापछि एक साताभित्र प्रक्रिया अघि बढ्नुपर्ने प्रावधान छ। रानामगर १३ भदौमा मात्र फर्किने कार्यक्रम रहेकाले प्रक्रिया अगाडि बढाउन सक्ने अवस्था छैन।यसअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच उपसभामुख हटाउने सहमति भएको थियो।

२६ फेब्रुअरी २०२३ मा उपसभामुख रानामगरले ‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७औं सत्रमा भाग लिन जाने क्रममा पाँच जना उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनप्रसाद गुरुङका लागि अन्तर्वार्ता अघि सार्न अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।

‘महिलासँग सम्बन्धित कार्यक्रममा उपसभामुखले किन पुरुष छानेर पठाउन खोजिन् ?’भन्ने उनीमाथि गम्भीर प्रश्न पनि उठेको छ।  पदको दुरुपयोग गरी भिसाका लागि सिफारिसपत्र लेखेको आरोप लागेको छ।

उनलाई महाअभियोग लगाउन खोज्नु यी त कारणमात्रै हुन् । तर, उनी उपसभामुख हुन अघिको पार्टी रास्वपाले भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि संसद अवरुद्ध गर्दै आएपछि कांग्रेस एमालेले रास्वपालाई तह लगाउन पनि यो विषयलाई उठान गरेको कतिपयले विश्लेषण गरेका छन् ।

स्रोतका अनुसार उपसभामुखमाथि महाअभियोग कुरा उठिसकेकाले संसद्को अवरोध हटाउने कुरामा रास्वपा लचक भएको खण्डमा पनि कुरा मिल्न सक्ने अवस्था देखिन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार