शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

उपसभामुख रानालाई हटाउन कांग्रेस-एमालेको कसरत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३ भदौ, २०८२ मा प्रकाशित
उपसभामुख रानालाई हटाउन कांग्रेस-एमालेको कसरत
काठमाडौं, भदौ ३ :

उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन नेपाली कांग्रेस र नेकपा एमालेले तयारीस्वरुप छलफल थालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा यसबारे छलफल भएको बुझिएको छ ।

एमालेले पनि उपसभामुख हटाउने विषयमा पार्टीभित्र छलफल गरेको छ । यसका लागि आजै एमालेले संसदीय दलको बैठक पनि बोलाएको छ ।

उपसभामुखलाई आचरणसम्बन्धी प्रश्न उठाएर पदबाट हटाउने तयारीमा कांग्रेस र एमाले छन् । दुईतिहाइ पुर्‍याएर उपसभामुखलाई पदबाट हटाउने सत्तारुढ दलहरुले तयारी गरेका हुन् । उपसभामुख रानाले अमेरिकी दूतावासमा पत्र लेखेर भिसा अन्तर्वार्ताका लागि समय सारिदिन आग्रह गरेको पत्र सार्वजनिक भएपछि केही समयअघि उनी विवादमा तानिएकी थिइन् । त्यसबेला कांग्रेस र एमालेका कतिपय सांसदहरूले प्रतिनिधिसभामा उपसभामुखलाई नैतिकताका आधारमा पदबाट राजीनामा दिन भनेका थिए ।

प्रतिनिधिसभामा कांग्रेस र एमालेको मात्रै दुईतिहाइ पुग्दैन त्यसका लागि उनीहरूले प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीको पनि सहयोग लिने गरी छलफल अघि बढाएका छन् । एकीकृत समाजवादीका प्रतिनिधि सभामा १० सांसद छन् ।

उपसभामुख संवैधानिक परिषद् सदस्य रहने व्यवस्था छ । ६ सदस्यीय संवैधानिक परिषदमा सत्ता र प्रतिपक्षी बराबर छन् । त्यसो हुँदा निर्वाचन आयोगका प्रमुख आयुक्तलगायत संवैधानिक नियुक्ति हुन सकेको छैन ।

उपसभामुख पदमा कांग्रेसले दाबी गर्दै आएको छ । राज्य व्यवस्था तथा सुशासन समिति एमालेलाई छाडेर उपसभामुख आफूहरूले लिने कांग्रेसको तयारी छ ।

उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद भएकी हुन् । नेकपा माओवादी केन्द्र, एमाले र रास्वपालगायत दल सरकारमा हुँदा उनी उपसभामुख बनेकी थिइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार