शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति प्रदेश गण्डकी प्रदेश

कांग्रेस उपसभापति धनराज गुरुङ भन्छन्- राजनीतिक अराजकता रोक्न ठुला दल एकै ठाउँमा उभियौं

राजनीतिलाई सुधारेर जान सक्यौँ भने देशमा देखिएका यावत् विकृति र विसङ्गति अन्त्य भएर जाने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २ भदौ, २०८२ मा प्रकाशित
कांग्रेस उपसभापति धनराज गुरुङ भन्छन्- राजनीतिक अराजकता रोक्न ठुला दल एकै ठाउँमा उभियौं
फाइल तस्विर ।
कास्की, भदौ २ :

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा राजनीतिक अराजकता र विकृति फैलिएका कारण ठुला दलहरु एक ठाउँमा उभिएका बताएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ गण्डकी प्रदेश समितिको प्रथम प्रदेश अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उपसभापति गुरुङले राजनीतिक दलहरुमा अराजकता पैदा हुँदा राष्ट्रियता नै कमजोर हुने बताए । 

राष्ट्रियता जोगाउन बीपी कोइरालाले जसरी मेलमिलापको नीति अगाडि सारेर नेपाल आउनुभयो त्यसरी नै वर्तमान अवस्थामा राष्ट्रियता कमजोर भएकाले देशलाई जोगाउन राजनीतिक दलहरु एकै ठाउँमा उभिन जरुरी रहेको बताए ।

राष्ट्रियता, लोकतन्त्र र समाजवाद राष्ट्रिय एकताको मेरुदण्ड भएकाले सबै पार्टी समाजवादलाई माथि उकास्न लाग्नुपर्नेमा उपसभापति गुरुङले जोड दिए । नेपाली राजनीतिलाई सुधारेर जान सक्यौँ भने देशमा देखिएका यावत् विकृति र विसङ्गति अन्त्य भएर जाने उनको भनाइ थियो ।

 खेलकुदलाई  पर्यटनसँग जोडेर जान सकियो भने खेलाडीमार्फत विदेशमा समेत पर्यटन र खेलकुदसँगसँगै प्रर्वद्धन गर्न सकिनेमा जोड दिँदै खेलजगत् देशको एउटा मात्र अनुशासित पाटो भएको उनले बताए ।

‘खेलाडीलाई उत्साहित र आर्थिक रुपमा सबल बनाउन सक्यौँ भने मात्र नेपाली खेलाडीले स्वदेश तथा विदेशमा आफ्नो खेल उत्कृष्ट रुपमा प्रस्तुत गर्न सक्छन्,’ उपसभापति गुरुङले भने ।

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले नेपाली युवालाई खेलकुदका माध्यमबाट सशक्तीकरण गर्दै उनीहरुको आर्थिक समृद्धिमा ध्यान दिन जरुरी भएको बताए । युवालाई खेल क्षेत्रप्रति आकर्षित गर्ने काम राज्य र खेल क्षेत्रका संस्थाबाट हुनुपर्नेमा उनको जोड थियो ।

नेपाली कांग्रेस खेलकुद विभागका प्रमुख उमेशजङ्ग रायमाझीले खेलकुललाई महत्वका साथ अगाडि बढाउन राज्यको ध्यान जान आवश्यक भएको बताए । 
नेपाली कांग्रेसका नेता गणेश वन, शुक्रराज शर्मा, किशोरदत्त बराल, देविन्द्र शेरचन, विष्णु क्षेत्री, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष विद्या मर्सानीलगायतले खेलकुद क्षेत्रको विकासमा जोड दिए । अभिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार