काठमाडौं, साउन २९ :

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेट गरेका छन् ।

सहरी विकास मन्त्रालयमा उनीहरुबीच भेट भएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

भेटमा सिंहले मुख्यमन्त्री बानियाँलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।