
काठमाण्डौँ , भदौ ३१ :
शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारी साधन सञ्चालन भएका छन् ।
आज बिहान ९ बजेदेखि सवारी साधनका लागि सडक खुला भएको हो । मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो ।
हिजो साँझदेखि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो ।
मर्मतपछि भासिएको सडकमा सवारी साधन सञ्चालन गर्न मिले पनि तत्काल सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयका सुपरभाइजर निराजन पाण्डेले बताउनुभयो ।