
जिल्ला प्रशासन कार्यालय पर्साले कारागारमा एक कैदीको मृत्युको घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा समिति गठन गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकले छानबिन समिति गठन गर्ने निर्णय भएको हो। छानबिन समितिमा मानवअधिकार, प्रहरी, अस्पताल प्रशासन र मृतक परिवारका प्रतिनिधि समेत रहेका छन्।
कैदीको मृत्युले वीरगन्जमा तनाव
घटनाका कारण र दोषीको पहिचान गरी १५ दिनभित्र रिपोर्ट बुझाउने गरी समिति गठन भएको सहायक प्रमुख जिल्ला अधिकारीकारी रेग्मीले बताए।
नारायणी अस्पतालमा उपचारका क्रममा मङ्गलवार एक कैदीको मृत्यु भएको थियो। सो घटनालाई लिएर कैदीका आफन्त र स्थानीयले अस्पताल प्रशासन र चिकित्सकमाथि लापरबाहीको आरोप लगाउँदै अस्पताल अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।
आन्दोलन उग्र बन्दै जान थालेपछि प्रशासनले छानबिनको लागि समिति गठन गरेको हो। छानबिन समिति पछि मृतक राहुल तुहाराको पोस्टमार्टम प्रक्रिया अघि बढेको नारायणी अस्पताल प्रशासनले जनाएको छ।