काठमाण्डौँ , भदौ ३१ :
खानेतेल बोकेर सिमाराबाट काठमाडौँ आइरहेको ट्रक त्रिशूलीमा खसेको छ । ना ६ ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले भरतपुर महानगरपालिका- २९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको जानकारी दिनुभयो।
ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको उहाँले बताउनुभयो ।