शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश बागमती प्रदेश

गोसाइँकुण्ड जाने तीर्थयात्रीलाई निर्धारित दररेटमा खाने-बस्ने व्यवस्था मिलाउन निर्देशन

नियम विपरीत काम गर्ने पैदल मार्गका २६ होटललाई जरिवाना
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २२ साउन, २०८२ मा प्रकाशित
गोसाइँकुण्ड जाने तीर्थयात्रीलाई निर्धारित दररेटमा खाने-बस्ने व्यवस्था मिलाउन निर्देशन
रसुवा, साउन २२ :

जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड जाने तीर्थयात्रीलाई निर्धारित दररेटमा खाने, बस्ने व्यवस्था मिलाउन धार्मिक मार्गका होटल सञ्चालकलाई  निर्देशन दिइएको छ।

विगतमा तीर्थयात्रीले ठगिएको भन्ने जनगुनासा आएपछि अनुगमन समितिमार्फत स्थानीय प्रशासनले गोसाइँकुण्ड धार्मिक मार्गका होटलमा स्थलगत निरीक्षण गरी सर्वसुलभ र गुणस्तरीय खाना तथा बासस्थानको व्यवस्था गर्न होटल व्यवसायीलाई समितिले निर्देशन दिएको हो ।

जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले धार्मिक मार्गमा रहेका स्थायी संरचनाका होटल तथा लज र मेला अवधिसम्मका लागि बनाइएका अस्थायी प्रकृतिका छात्रो (स्थानीय भाषामा थर्कु)समेतको निरीक्षण गरी गुणस्तरीय सेवा दिन व्यवसायीलाई निर्देशन दिएको हो ।

संयोजक अधिकारीका अनुसार उद्देश्य विपरीत स्थायी लेखा नम्बर (प्यान) राखी होटल, लज सञ्चालन गरेको, पाक नपुर्‍याएको खाना खुवाउने गरेको, लत्ता कपडालगायत कोठाको सफाइमा नभएको, मूल्य सूची नराखी आफूखुसी रकम लिने गरेको, बिलबिजक नराखेकोलगायत लापरबाही गरेको देखिएकाले उपभोक्ता संरक्षण ऐन अनुसार व्यवसाय सञ्चालन गर्न भनिएको छ ।

नियम विपरीत काम गर्ने पैदल मार्गका २६ होटललाई जरिवानासमेत तिराइएको बताउँदै संयोजक अधिकारीले धार्मिक मार्गमा मदिरा बेच्ने, निषेध गरिएको र म्याद गुज्रेका सामग्री फेला परेकाले ती सामग्री जफत गरी नष्ट गरिएको जानकारी दिए । उनका अनुसार कारवाहीमा परेका २६ होटल सञ्चालकबाट तीन लाख ८० हजार जरिवानाकापतको रकम सङ्कलन भएको छ ।

यात्रीलाई सहयोग गर्न र कालोबजारी नियन्त्रण तथा निगरानी बढाउन सादापोशाकका प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यही साउन २४ गते विशेष मेला भर्न आउने यात्री ठगिएमा नजिकको प्रहरी वा जिल्ला प्रहरी कार्यालयको मोबाइल नं ९८५१२७५५५५ र जिल्ला प्रशासन कार्यालय रसुवाको मोबाइल नं ९८५१२२७७७७ मा खबर गरी सहयोग गर्न स्थानीय प्रशासनले सबैलाई आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार