शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश मधेस प्रदेश

सप्तरीमा प्रहरीको गोली लागेर एकको मृत्यु, प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ साउन, २०८२ मा प्रकाशित
सप्तरीमा प्रहरीको गोली लागेर एकको मृत्यु, प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार
राजविराज, साउन २१ :

सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रहरीको गोली लागेर स्थानीयको मृत्यु भएको घटनाको विरोध गरिरहेका प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार भएको हो । प्रहरीको अश्रुग्यास प्रहारबाट केही घाइते भएका छन् ।

मंगलबार राति प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर अन्दाजी ३६ वर्षीय लालु यादवको मृत्यु भएको थियो । प्रहरी झडपलाई नियन्त्रणमा लिन  तीन राउन्ड गोली चलाएको थियो ।  

सो घटनाको विरोध गर्दै आज बिहानैदेखि आफन्त र स्थानीयले जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।प्रहरीले ज्यादती गरेको भन्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै दिउँसो प्रदर्शनमा उत्रिएका थिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार