शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

पहिरोले अवरुद्ध महाकाली र दशरथचन्द राजमार्ग सञ्चालनमा

· शनिबार, ३० भदौ, २०८१ मा प्रकाशित
बैतडी, भदौ ३० :

लगातारको वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग सञ्चालनमा ल्याइएको छ । 

दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलामा पहिरो खसेको थियो भने महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडा केदार गाउँपालिका ४ सिल्लेक र वडा नं ६ सलसेनामा पहिरो खसेको थियो । 

दुवै स्थानमा खसेको पहिरो पन्छाएपछि आजदेखि यातायातका साधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

लगातार तीन दिनदेखिको वर्षाले जनजीवन प्रभावित भएको छ । 

गत बुधबार बेलुकादेखि लगातार रूपमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिममा शनिबारसम्म वर्षा हुने प्रक्षेपण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीले लगातार वर्षा भइरहेकाले सतर्कता अपनाउन गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार