शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

बालबालिकाको क्षेत्रमा समन्वय गरेर काम गरौँ

· शनिबार, ३० भदौ, २०८१ मा प्रकाशित
बालबालिकाको क्षेत्रमा समन्वय गरेर काम गरौँ
काठमाडौँ, भदौ ३० :

राष्ट्रपति रामचन्द्र पौडेलले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहको भूमिका अहम् हुने बताउनुभएको छ ।

राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना दिनुहुदै राष्ट्रपति पौडेलले सम्पूर्ण सरकारी, गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकिकृत र समन्वयात्मक भूमिका पनि बालबालिकाको पक्षमा काम गर्न उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्नभएको छ ।

अझै पनि केही बालबालिकाहरू आफ्नो बालअधिकारबाट बञ्चित भएको कुरा सुन्नमा आएको कुरा उल्लेख गर्नुहुदै विभिन्न कारणहरूले बालबालिकामा पर्ने गम्भीर तथा बढ्दो असरतर्फ सबैको ध्यान आकृष्ट हुनु जरूरी रहेको राष्ट्रपतिले सन्देशमा उल्लेख गर्नुभएको छ ।

बालबालिका माथि हुने हिंसा तथा दुर्व्यवहार रोक्नु सरकारको दायित्व हो भन्नुहुदै बालबालिकाको संरक्षण र विकासमा आआफ्नो तर्फबाट भूमिका निभाउन सबैमा आग्रह गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार