शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश लुम्बिनी प्रदेश

रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु, छोरा घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १८ साउन, २०८२ मा प्रकाशित
रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु, छोरा घाइते
रुपन्देही, साउन १८ :

रुपन्देहीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  सियारी गाउँपालिका–७ भर्थापुरमा आइतबार बिहान मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

मायादेवी गाउँपालिका ७ का ६० वर्षीय राममिलन धवलको उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक तथा उनका छोरा ३० वर्षीय विनोद धवल सख्त घाइते भएका छन् । टाउको, हात र खुट्टामा चोट लागेका उनको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरेका छन् ।यद्यपि प्रहरी दुर्घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार