काठमाडाैं, साउन १७ :
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार शनिबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेट गरेका हुन्।
भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको सहभागिताका बारेमा जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली साउन २० देखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा सहभागी हुन त्यसतर्फ जाने कार्यक्रम रहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यक : मन्त्री पौडेल
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै