शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश कोसी प्रदेश

सङ्खुवासभामा भएको बस दुर्घटनामा १४ यात्रु घाइते, एकको अवस्था चिन्ताजनक [नामसहित]

चालक खेम महत फरार
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १७ साउन, २०८२ मा प्रकाशित
सङ्खुवासभामा भएको बस दुर्घटनामा १४ यात्रु घाइते, एकको अवस्था चिन्ताजनक [नामसहित]
सङ्खुवासभा, साउन १७ :

सङ्खुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बा २ प ७२४४ नम्बरको बस सङ्खुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित देउराली घुम्तीमा सडकदेखि करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

घाइते हुनेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिका–९ का २३ वर्षीय सविन  विष्ट, धर्मदेवी– ७ का २५ वर्षीय भवानी कार्की, सात वर्षीया असीमित भारती, नौ वर्षीया हिरा भारती, ५६ वर्षीया रत्नमाया कटुवाल, १२ वर्षीय विष्णु कटुवाल, मनकुमार कटुवाल, ५२ वर्षीया धनमाया चापागाईं, धर्मदेवी–६ का ५२ वर्षीय श्रीमान तामाङ, १५ वर्षीया प्रतिमा कटुवाल, १६ वर्षीया सोममाया याईम, ३० वर्षीय सुजन कटुवाल ६२ वर्षीय दलबहादुर कार्की र धनकुटाको महालक्ष्मी नगरपालिका–१ का २४ वर्षीय विमल विक रहेका छन् ।

घाइतेमध्ये धर्मदेवी नगरपालिका–९ का २३ वर्षीय सविन विष्ट गम्भीर रहेकाले उgलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रनाउ बताP । अन्य घाइतेको बसन्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस दुर्घटना लगत्तै चालक सङ्खुवासभाको धर्मदेवी–६ का खेम महत फरार रहेको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार