ललितपुर, साउन १५ :
उच्च अदालत पाटनले रेशम चौधरीलाई थुनाउने महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने जिल्लाको आदेशलाई सदर गरेको छ ।
सर्वोच्चका न्याय सेवाका शाखा अधिकृत विष्टलाई जेठ ५ मा जिल्ला अदालत काठमाडौँका न्यायाधीश दिनबन्धु बराललेएक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।
धरौटीमा छाड्ने जिल्ला अदालतको उक्त आदेशलाई बिहीबार उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको इजलासले पनि सदर गरेको हो ।
मुद्दा महाशाखाका शाखा अधिकृत विष्टले फर्जी पत्र बनाएर नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई सर्वोच्चमा मुद्दा विचाराधीन भएकै अवस्थामा थुनाएका थिए । जिल्ला अदालतको आदेशविरुद्ध चौधरीले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’