
अस्ट्रेलियालाई केन्द्र बनाएर शैक्षिक परामर्शमा स्थापित सक्सेस एजुकेसन एन्ड भिसा सर्भिसेजले काठमाडौंको पुतलीसडकबाट पनि सेवा विस्तार गरेको छ ।
विदेश अध्ययनको क्षेत्रमा क्रियाशील सक्सेसले ‘गुणस्तरीय शिक्षा आजको आवश्यकता’ नारासहित अस्ट्रेलियाको राजधानी क्यानबेरा, सिड्नी हुँदै नेपालसम्मको यात्रा तय गरेको हो ।
पुतलीसडकमा सेवा प्रारम्भ गर्दै सही शैक्षिक परामर्शले नै विद्यार्थीको भविष्य निर्धारण गर्ने भएकाले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको सक्सेसका संस्थापक तथा शैक्षिकविज्ञ आर्दशजंग पाण्डे बताउँछन् ।
पुतलीसडकमा रहेको नयाँ कार्यालय उद्घाटन अमिर थापाले रिबन काटेर गरे । उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस जनसम्पर्क प्रमुख किरण पौडेल, राष्ट्रिय सभा सदस्य जितजंग बस्नेत, कांग्रेस नेताहरू अन्जान लामा, सरोजकुमार थापा, जनसम्पर्क केन्द्रीय सदस्य इन्द्रकमल बुढाथोकी, जगनाथ काफ्लेलगायत राजनीतिक, शैक्षिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो ।
विगत १९ वर्षदेखि अस्ट्रेलियाको क्यानबेरालाई केन्द्र बनाएर सक्सेस सञ्चालन गरिरहेका आदर्शजंग पाण्डेले अस्ट्रेलिया जाने सोचाइमा रहेकाहरुले त्यहाँको वातावरण र वस्तुस्थितिबारे पनि अध्ययन गर्नुपर्ने सुझाए । उनले कतिपय अवस्थामा स्किल माइग्रेसनमार्फत सीधै पीआर आवेदन दिन सकिनेजस्ता थुप्रै आयामबारे जानकारी गराएका थिए ।
उनले शैक्षिक परामर्श पेसा अत्यन्तै संवेशनशील रहेको र उनीहरुकै सल्लाहले विद्यार्थीको भविष्य निर्धारण हुने भएकाले सजग रहनसमेत आग्रह गरे ।
कार्यक्रममा काठमाडौं कार्यालयका एमडी विजयराज रिजालले वैदेशिक शिक्षामा जाने इच्छुक विद्यार्थीका लागि आवश्यक र सही सल्लाहका लागि पुतलीसडकबाट सेवा विस्तार गरिएको जानकारी दिए ।
यसअघि पनि शैक्षिक परामर्शमा संलग्न सक्सेसले विद्यार्थीको सहजताका लागि पुतलीसडकमा नयाँ कार्यालय खोलिएको जनाएको छ ।
सक्सेसले अस्ट्रेलियालगायत विभिन्न देशमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई शैक्षिक परामर्श, भिसा प्रक्रिया, स्किल माइग्रेसनलगायत सेवा विगत आठ वर्षदेखि प्रदान गर्दै आएको छ ।
सक्सेसले पुतलीसडकस्थित नयाँ स्थानमा सेवा विस्तारसँगै संस्थाले सेवा गुणस्तरलाई अझ प्रभावकारी र सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।