शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश मधेस प्रदेश

सुक्खाग्रस्त क्षेत्रका अति जोखिमयुक्त समुदायलाई मधेस प्रदेश सरकारले राहत दिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ साउन, २०८२ मा प्रकाशित
सुक्खाग्रस्त क्षेत्रका अति जोखिमयुक्त समुदायलाई मधेस प्रदेश सरकारले राहत दिने
जनकपुर, साउन १३ :

मधेस प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रका अति जोखिमयुक्त समुदायलाई राहतदिने लगायत विषयमा आठबुँदे निर्णय गरेको छ।

मन्त्रालयका निमित्त सचिव रामकुमार खंगको अध्यक्षतामा मन्त्रालयअन्तर्गतका विकास साझेदार र विषयगत क्षेत्रका प्रतिनिधिसहित आज यहाँ बसेको बैठकले विभिन्न आठबुँदे निर्णय गरेको हो।

बैठकले दुई दिनभित्र विकास साझेदारको क्षमता र कार्य क्षेत्रको नक्शाङ्कन गरी समितिमा पेस गर्ने, अति जोखिममा परेका समुदाय र परिवारको पहिचान गरी तत्काल राहत दिने, स्थानीय तह तथा जिल्ला विपद् व्यवस्थापन समितिसँग सहकार्य एवं समन्वयमा आवश्यक कार्य गर्ने निर्णय गरेको छ।

यस्तै, डिप बोरिङ तथा स्यालो ट्युबवेल जडान गर्नुपर्ने आवश्यकता भए दोहोरोपना नहुनेगरी प्राथमिकता दिने र त्यसका लागि विपद् व्यवस्थापन समितिसँग समन्वय गर्ने, वैकल्पिक कृषिको प्रवर्द्धनमा निजी, विकास साझेदार तथा सरकारको दीर्घकालीन योजना सञ्चालनमा जोड दिने निर्णय भएको छ । साथै चुरे संरक्षण तथा प्रवर्द्धनमा जोड दिने, सात दिनभित्र सुख्खाग्रस्त क्षेत्रको विपद् व्यवस्थापन तथा प्रतिकार्य योजना तयार गरी समितिमा पेस गर्नेलगायत निर्णय भएका निमित्त सचिव खंगले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार