काठमाण्डौँ , भदौ २९ :
नेपाली कांग्रेस आजबाट कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ।
प्रदेश महामन्त्रीसमेत रहनुभएका सांसद भुपेन्द्र राईको नेतृत्वमा काँग्रेस कोशी सरकारमा सहभागी हुने भएको हो।
कृष्णप्रसाद सिटौला समूहका नेता राईले भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्नु हुने भएको छ।
आज बिहान नौ बजे कङ्ग्रेसका मन्त्रीहरूले सपथ लिने कार्यक्रम रहेको छ ।
सांसदहरु खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री , सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बन्ने भएका छन्।
त्यसैगरी कङ्ग्रेसका तर्फबाट भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्ने भएको संसदीय दलका नेता उद्धव थापाले जानकारी दिनुभयो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’