बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
मनाेरञ्जन

कलेज-कलेज पुग्यो ‘रियाल रिङ्गेट’को प्रचार अभियान

गायक रामचन्द्र र कवि नाथनको साथमा कविता र गीतको प्रस्तुति
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ९ साउन, २०८२ मा प्रकाशित
कलेज-कलेज पुग्यो ‘रियाल रिङ्गेट’को प्रचार अभियान
काठमाडौं, साउन ९ :

यही साउन १६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ ले प्रदर्शन पूर्वको प्रचारमा विशेष जोड दिइरहेको छ । चलचित्रको प्रचार टोली अहिले काठमाडौं उपत्यकाभित्रका विभिन्न क्याम्पसमा पुगेर फरक शैलीमा प्रचार अभियान सञ्चालन गरिरहेको छ ।

क्याम्पस क्याम्पसमा भइरहेको यो प्रचारमा चलचित्रका निर्देशक विभोर पोखरेल, चर्चित गायक रामचन्द्र काफ्ले, लोकप्रिय कवि नाथन रायन, कलाकारहरू प्रमोद चौलागाईं, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापालगायतको सक्रिय सहभागिता छ । उनीहरू हालसम्म विनायक सिद्ध कलेज, द इनसाइट भिजन एसएस कलेज, साइपाल एकेडेमीलगायत शिक्षण संस्थामा पुगेका छन् ।

यो प्रचार अभियानको विशेषता भनेको कविता र गीतको संयोजन हो । कवि रायनले आफ्नै लेखनका मार्मिक कविताहरू प्रस्तुत गर्दा गायक काफ्लेले त्यसमा सङ्गीत र स्वरको स्पर्श थपेर विद्यार्थीहरूलाई भावनात्मक रूपमा छोइरहेका छन् । विद्यार्थीसँग प्रत्यक्ष संवाद, कविता वाचन र गीतमार्फत चलचित्रको सन्देशलाई प्रभावकारी रूपमा प्रस्तुत गरिँदै छ ।

कवि रायनले चलचित्र ‘रियाल रिङ्गेट’ का लागि विशेष कविता रचना तथा वाचनसमेत गरेका छन्, जुन चलचित्रमा पनि समावेश छ । नेपाली चलचित्रमा कमै मात्र प्रयोग हुने कविता विधालाई यस चलचित्रले विशेष प्राथमिकता दिएको देखिन्छ ।

यसैबीच चलचित्रको ट्रेलर पनि सार्वजनिक भइसकेको छ, जसमा वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूले भोग्नुपरेका सङ्घर्ष र पीडाको चित्रण देखाइएको छ । निर्देशक विभोर पोखरेलका अनुसार, चलचित्रले नेपाली श्रमिकहरूको वास्तविक कथा बोल्ने प्रयास गरेको छ । चलचित्रको नाम ‘रियाल रिङ्गेट’ नै कतार, साउदी अरब र मलेसिया जस्ता नेपालीका प्रमुख श्रम गन्तव्य राष्ट्रहरूलाई सङ्केत गर्छ ।

चलचित्रमा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइरालालगायत कलाकारको अभिनय छ भने सङ्गीतमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको योगदान रहेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार