शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद फुटबल

एपिएफ र त्रिभुवन आर्मी विजयी

· बिहीबार, २८ भदौ, २०८१ मा प्रकाशित
एपिएफ र  त्रिभुवन आर्मी विजयी
काठमाण्डौं, भदौ २८ :

एन्फा महिला लिग अन्तर्गत आज भएको खेलमा साविक विजेता नेपाल एपिएफ फुटबल क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङ नगरपालिकामाथि २-१ को कठिन जित निकाल्दै एपिएफ दोस्रो स्थानमा उक्लिएको छ।

४ खेलबाट १० अंकका साथ एपिएफ दोस्रो स्थानमा छ । समान १० रहे पनि गोलअन्तरका आधारमा नेपाल पुलिस क्लब शीर्ष स्थानमा छ ।

आजै भएको पहिलो खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबले बागमती युथ क्लबलाई ३-० ले पराजित गरेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार