पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा संलग्न रहेको आशंकामा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वभूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बयान लिएको छ ।
घुस डिलको अडियोमा श्रेष्ठको आवाज रहेको आशंकामा ‘भ्वाइस टेस्ट’ समेत लिइँदैछ। अडियोमा सुनिएको आवाजसँग श्रेष्ठको मेल खान्छ/खाँदैन भनेर दोहोरो परीक्षणका लागि बोलाइएको हो।
यसअघि गुप्ता र लामा दुवैको पनि बयान लिइसकेको अख्तियारले अडियो परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको थियो ।
मालपोत कार्यालय र भूमि समस्या समाधान आयोगमा आफू अनुकूल व्यक्तिहरू नियुक्त गराएर जग्गा हडप्न खोजिएको योजनामा श्रेष्ठ बिचौलियाको भूमिकामा रहेको समेत आरोप लगेको छ।
पूर्वसंघीय मामिला मन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामाबीच भएको घुस ‘डिल’ को अडियो सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान तीव्र पारेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’