शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच एमाले पार्टी कार्यालमा भेटवार्ता हुँदै

भण्डारीको पार्टी सदस्यता नवीकरण नभएको अवस्थामा दुई नेताबीच भेटवार्ता हुन लागेको हो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ साउन, २०८२ मा प्रकाशित
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच एमाले पार्टी कार्यालमा भेटवार्ता हुँदै
काठमाडौं, साउन ४ :

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता हुँदैछ ।  दुई नेताबीच आज दिउँसो ३ बजे पार्टी कार्यालयमा भेट हुने तय भएको छ। 

भण्डारीको पार्टी सदस्यता नवीकरण नभएको अवस्थामा दुई नेताबीच भेटवार्ता हुन लागेको हो । भेटवार्तापछि भण्डारीको पार्टीमा औपचारिक भूमिकाको टुंगो लाग्ने र  पार्टी सदस्यता नवीकरणको विषय पनि निष्कर्षमा पुग्ने सम्भावना छ।

दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिक भूमिकाबारे प्रश्न उठेका थिए । आन्तरिक विवाद समाधान गर्न अध्यक्ष ओली र भण्डारीबीच सिधा संवाद आवश्यक रहेको धारणा धेरै पोलिटब्युरो सदस्यहरूले राखेका थिए

पोलिटब्युरो बैठकबाट प्राप्त सुझावलाई ध्यानमा राख्दै अध्यक्ष ओलीले आगामी साउन ५ गते बस्न लागेको केन्द्रीय कमिटी बैठकअघि नै भण्डारीसँग संवाद गर्न लागेका हुन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार