शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
गण्डकी प्रदेश अर्थतन्त्र

ट्रयाक खुलेको ३३ वर्षपछि कालोपत्र

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ साउन, २०८२ मा प्रकाशित
ट्रयाक खुलेको ३३ वर्षपछि कालोपत्र
गोरखा, साउन ४ :

गोरखा नगरपालिकास्थित मझुवा-बैटारी-हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि कालोपत्र भएको छ । गोरखा नगरपालिका १३, देउराली र पालुङटार नगरपालिका ८, रातमाटे जोड्ने सडकखण्डमध्ये जैकोटदेखि घोरथुम्कासम्म सडक कालोपत्र सम्पन्न भएको हो ।

गोरखा १३ की वडाध्यक्ष मित्रा परियारले साना सहरी विकास कार्यालय कास्कीबाट विनियोजित बजेटमार्फत यहाँ चार सय मिटर सडक कालोपत्रको काम करिब सम्पन्न भएको जनाइन् ।

ठेकेदार कम्पनी चिराग कन्ट्रक्सनका सञ्चालक लक्ष्मण श्रेष्ठले चार सय मिटर सडक कालोपत्र, ७५ मिटर ढलान र पाँच सय मिटर नाला निर्माणको काम सम्पन्न भएको बताए । सडक खण्ड निर्माणका लागि ठेकेदार कम्पनीले ६६ लाख ३५ हजार नौ सय ३९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

पृथ्वी राजमार्गअन्तर्गत पर्ने गोरखा-आँबुखैरनी सडकखण्डसँग जोडिए पनि लामो समयसम्म स्तरोन्नति नहुँदा त्यस क्षेत्रका बासिन्दले आउजाउमा कठिनाइ भाग्दै आएका थिए । यो सडकखण्ड मझुवा चौकी, दराई गाउँ, जैकोट, सातदोबाटे, बैटारी हुँदै पालुङटार नगरपालिकासँग जोड्ने प्रमुख सडक हो ।

स्थानीय विक्रम मल्लले कालोपत्रको काम अघि बढेसँगै सडकले विस्तारै मुहार फेर्दै गएको र यसले स्थानीय उत्साहित भएको बताए ।

सोही सडकखण्डअन्तर्गत मझुवाचौकीदेखि दराई गाउँसम्म एक करोड रुपैयाँ बजेटबाट काम भइरहेको छ भने दराई गाउँदेखि जैकोटसम्म पनि चार करोड रुपैयाँ बजेट विनियोजन भएर काम अघि बढिरहेको नगरपालिकाले जनाएको छ । -रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार