काठमाडाैं, साउन ३ :
प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा दैनिक औसत २.५५ किलोमिटर सडक निर्माण भएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत शुक्रबार उनले पछिल्लो छ वर्षमा मुलुकले भौतिक पूर्वाधार विकासमा उल्लेख्य फड्को मारेको उल्लेख गरे
उनका अनुसार चालु आर्थिक वर्षमा मात्रै ९३२ किलोमिटर सडक कालोपत्र गरिएको छ। “छ वर्षअघि हामी सरकारमा हुँदा भौतिक पूर्वाधार विकासको गति उच्च थियो, त्यो बीचमा घटेको देखिन्छ। अहिले फेरि हामी सरकारमा आएपछि गति फेरि बढेको तथ्यांकले देखाएको छ,” प्रधानमन्त्री ओलीले उल्लेख गरे, “यो गति अझ बढाउन जरुरी छ।”
प्रधानमन्त्री ओलीले आजै इन्जिनियर्स डेको अवसरमा शुभकामना दिँदै भौतिक पूर्वाधारदेखि प्रविधिको विकाससम्म इन्जिनियरहरू राष्ट्रका भरपर्दो जनशक्ति भएको पनि बताए।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यक : मन्त्री पौडेल
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै