बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
अर्थतन्त्र सेयर बजार

७६ अंकले नेप्से बढ्दा साढे १६ अर्बको कारोबार

नेप्सेमा आज ३११ वटा कम्पनीको एक लाख ४१ हजार ४३४ पटकको कारोबारमा तीन करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर किनबेच भए ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ साउन, २०८२ मा प्रकाशित
७६ अंकले नेप्से बढ्दा साढे १६ अर्बको कारोबार
काठमाडौं, साउन १ :

साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि सेयर बजारमा हरियाली छाएको छ ।

सोमबार ३५.०९ अंकले घटेको सेयरबजार मंगलबार ३४.४६ अंकले बढेको थियो । हिजो (बुधबार) पनि ३४.६१ अंकले सेयरबजार बढेको थियो । बढ्ने क्रमलाई निरन्तरता दिँदै आज (बिहीबार) ७५.८४ अंकले बढेको नेप्से २,८७०.६३ विन्दुमा रोकियो ।

यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११.२२ अंकले बढेर ५००.४९ अंकमा चढेको छ ।

नेप्सेमा आज ३११ वटा कम्पनीको एक लाख ४१ हजार ४३४ पटकको कारोबारमा तीन करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर किनबेच भए । जसअनुसार आज १६ अर्ब ५९ करोड २१ लाख पाँच हजार ४५५ रुपैयाँबराबरको कारोबार भएको छ ।

सेयर बजारमा हरियाली छाएको आजको दिनमा २३९ कम्पनीको सेयर मूल्य बढे । ९ वटा कम्पनीको मात्र घट्यो । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा १३ वटै समूहको सूचकमा  हरियाली छायो ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा ट्रेड टावर लिमिटेड परेको छ । यसको सेयर मूल्य १० प्रतिशतले बढ्यो । जसअनुसार ट्रेड टावरको सेयरमूल्य प्रतिकित्ता ४०२.७० रुपैयाँ कायम रह्यो ।

बढी गुमाउने कम्पनीको सूचीमा भने पहिलो स्थानमा नबिल स्टेबल फन्ड परेको छ । यसको सेयर मूल्य सर्वाधिक ७.५८ प्रतिशतले घटेर प्रतियुनिट मूल्य ९.१४ रुपैयाँमा झरेको छ ।

नेप्सेमा आज नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार सर्वाधिक भएको छ । नेपाल रिइन्स्योरेन्सको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १,३७२ रुपैयाँमा रह्यो । यसको ८४ करोड ४२ लाख ७३ हजार ६४८ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार