शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

संवैधानिक परिषद्को बैठक स्थगित

· बुधबार, २७ भदौ, २०८१ मा प्रकाशित
काठमाण्डौं, भदौ २७ :

सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्न आज साँझ बोलाईएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आज बस्ने भनिएको बैठक तत्कालका लागि स्थगित भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने परिषद्को बैठकमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुखका सदस्य रहने संवैधानिक व्यवस्था छ ।

न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम पठाएको थियो । उक्त सूचीमाथि छलफल गर्न आज बैठक बोलाइएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेदेखि अवकाश हुनुहुन्छ । 

बहालवाला प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार