शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, पूर्वन्यायाधीश गिरीको अध्यक्षतामा छानबिन समिति गठन

ओझाको कार्यक्षमता र जिम्मेवारीबारे छानबिन हुने ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३० असार, २०८२ मा प्रकाशित
बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, पूर्वन्यायाधीश गिरीको अध्यक्षतामा छानबिन समिति गठन
काठमाडाैं, असार ३० :

 नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यक्षमता र जिम्मेवारीबारे छानबिन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेको छ । 

मन्त्रिपरिषद्को सोमबारको बैठकले पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा कपिलदेव ओली र जीवनप्रकाश सिटौलासहितको समिति गठन गर्ने निर्णय गरेको हो ।

बीमा ऐन, २०७९ को दफा १२(३) अनुसार छानबिन समिति गठन भएको अवस्थामा सम्बन्धित पदाधिकारी स्वतः निलम्बनमा पर्ने व्यवस्था रहेको छ । सोही अनुसार ओझा पदमुक्त भएका हुन् ।

सरकारले बीमा ऐनको दफा १२(१)(ग) अनुसार खराब आचरण, कार्यक्षमताको अभाव वा पदीय जिम्मेवारी पूरा नगरेको आधारमा उनलाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाएको हो ।

ओझाविरुद्ध फर्जी कागजात पेस गरी नियुक्ति लिएको आरोपमा सर्वोच्च अदालतमा रिट परेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । सरकारले गत फागुन १२ गते ओझालाई अध्यक्षमा नियुक्त गरेको थियो ।

सरकारले बिमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई दिएको छ।ओझा निलम्बनमा परेपछि पोखरेलले सो जिम्मेवारी पाएका हुन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार