शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

नदीको बीच टापुमा फसेका छ जनाको सकुशल उद्धार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ असार, २०८२ मा प्रकाशित
नदीको बीच टापुमा फसेका छ जनाको सकुशल उद्धार
कैलाली, असार २५ :

कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीको बीच टापुमा फसेका छ जनालाई प्रहरी आज सकुशल उद्धार गरेको छ ।

नदीको बीच टापुमा फसेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का पल्लु सार्की, भागेश्वभरी सार्की, योगेश सार्की, बिकट सार्की, वीर सार्की र बेदकोट नगरपालिका–७ का अब्दुल सार्कीलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोसीले जानकारी दिए ।

उनका अनुसार टापुमा श्राद्ध गर्न गएका निज व्यक्ति मुसलधारे पानीको कारण गोदावरी नदीको वरिपरीबाट पानीको सतह बढ्न गई उक्त टापुबाट आउन नसकी फसेका थिए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार