बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
मनाेरञ्जन भिडियो

मनोज ओलीको र्‍यापमा राजनीतिक अवस्था चित्रण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ असार, २०८२ मा प्रकाशित
मनोज ओलीको र्‍यापमा राजनीतिक अवस्था चित्रण
काठमाडौं, असार २३ :

र्‍यापर मनोज ओलीले नयाँ र्‍याप सार्वजनिक गरेका छन् । र्‍यापमा विद्यमान नेपाली समाजको हुबहु चित्रण छ ।

जुनसुकै ‘तन्त्र’ र ‘वाद’ आए पनि धनी झन धनी हुँदै गएको र गरिबका दुःख झन बढ्दै गएको यथार्थ चित्रण छ ।

गणतन्त्र आएपछि गरिबका दिन फर्किन्छन् भनेर राजनीति गर्नेहरू पनि सत्तामा पुगेपछि केही परिवर्तन नभएको नेपालको वास्तविकता र्‍यापमा सुन्न सकिन्छ ।

राजनीतिक दलले देखाउन नछोडेको आश्वासन र व्यवस्था फेरिए पनि नफेरिएको अवस्थालाई र्‍यापले जीवन्त रूपमा चित्रण गरेको छ ।

अन्ततः गरिब जनतालाई ढाल बनाएर गरिएको क्रान्तिपछिको परिवर्तनले एक छाक खान र न्यूनतम शिक्षा र स्वास्थ्यबाट पनि वञ्चित हुनु परिरहेको विद्यमान अवस्थालाई र्‍यापले चित्रण गरेको छ ।

भिडियोमा मुकुन भुसाललगायत कलाकारको अभिनय छ । भिडियो निर्देशन निकेश खड्काले गरेका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार