
प्रतीकात्मक तस्बिर ।
सिरहा, असार १८ :
सिराहाको अर्नमा गाउँपालिका १, बुढियाचाप गाउँमाभएको एक शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
स्थानीय ३५ वर्षीय अजय महरा शनिबार मृत फेला परेपछि उनकी पत्नीसहित एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (प्रहरी नायब उपरीक्षक) वीरेन्द्रकुमार पासवानले घटना शंकास्पद रहेको र शव परीक्षण प्रतिवेदन आएपछि थप रहस्य खुल्ने बताए । महराको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको छ ।
छिमेकीको खेतनजिकै आँपको रुखमुनि सेतो प्लास्टिकले घाँटी बाँधिएको अवस्थामा महराको शव भेटिएको थियो ।