शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

पहिरोले नागढुङ्गा- नौबिसे सडक खण्ड अवरुद्ध

· सोमबार, २५ भदौ, २०८१ मा प्रकाशित
पहिरोले नागढुङ्गा- नौबिसे सडक खण्ड अवरुद्ध
धादिङ, भदौ २५ :

वर्षासँगै आएको लोदो सहितको पहिरोका कारण नागढुङ्गा नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । 

आज दिउसो परेको अविरल वर्षासँगैको पहिरोका कारण राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्ग त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडक खण्डमा सवारी आवागमन ठप्प भएको हो ।

सडक खुलाउन पाँच देखी सात घण्टा लाग्ने अनुमान गरिएको छ । मुग्लिनबाट काठमाडौँ प्रवेशका लागी आएको एउटा स्कारपियो जिप समेत पहिरो र गेग्य्रानको बिचमा अडकिएको छ । 

अहिले राजधानीबाट बाहिरिने र भित्रिने सवारीका साधनहरू सडकमा नै रोकिएका छन् भने खुलाउने प्रयास जारी रहेको खानीखोला प्रहरीले जनाएको छ । 

पहिरो धुनीबेँसी नगरपालिका स्थित खत्री पौवा नजिकै सुरूङ्ग मार्गमा खसेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार